कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह – Nepal Press

कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको बताउँदै  काेराेना परीक्षणको दायरा फराकिलो पार्न सरकारलाई आग्रह गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भेटवार्ता गर्दै प्रदेश प्रमुख कलौनीले कोरोना संक्रमितको ज्यान जोगाउन कुनैपनि कसर बाँकी नराख्न सरकारलाई सुझाव दिए ।

कोभिड १९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै प्रदेश प्रमुखले सरकारको कामको प्रशंसा समेत गरे ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिनेगरी प्रयासहरु गरिरहेको बताए ।

कोभिड-१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त वजेट विनियोजन गरेको जानकारीसमेत माननीय मुख्यमन्त्रीले गराएका थिए ।

प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको मुख्यमन्त्री शाहीको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर