लुम्बिनी प्रदेशमा १८ संक्रमितको मृत्यु – Nepal Press

लुम्बिनी प्रदेशमा १८ संक्रमितको मृत्यु

रूपन्देही । लुम्बिनी प्रदेशको कोरोना प्रभावित जिल्ला बाँकेमा मृत्युदर बढ्न थालेको छ । केहीदिन कम देखिएको संक्रमण दर पनि पुनः बढ्न थालेको छ ।

पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । बाँकेमा संचालनमा रहेका ३ वटा प्रयोगशालामध्ये २ वटा प्रयोगशालाको रिपोर्टबाटै ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी स्वाव परीक्षण हुने भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त नहुँदै जिल्लामा ७२० जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा ६३२ वटा नमुना परीक्षण गर्दा ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाईग्नोशिस केन्द्रमा ३०७ नमुना परीक्षण गर्दा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा गरिएको परीक्षणबाट पुष्टि भएका कुल ७२० संक्रमित मध्य ४८६ जना बाँके जिल्लाभित्रका र अन्य जिल्ला बाहिरका हुन् ।

बाँकेमा आज मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा मृत्यु भएका १८ जनामध्ये ७ जना बाँके जिल्लाका र ११ जना जिल्ला बाहिरबाट बाँकेमा उपचाररत भएको पीसीसीएमसी बाँकेले जनाएको छ । बाँकेमा जिल्लाभित्रका १९८ र जिल्ला बाहिरका १५२ जनाको मृत्यु भएको छ ।

बाँकेका होम आइसोलस तथा अस्पताल र स्थानीय तहका आइसोलेसनहरुबाट आज ४१४ जना कोरोना मुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर