अक्सिजन अभाव देखाउँदै मेडिकल कलेजले भन्यो- बिरामी डिस्चार्ज गर्छौं – Nepal Press

अक्सिजन अभाव देखाउँदै मेडिकल कलेजले भन्यो- बिरामी डिस्चार्ज गर्छौं

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन अभाव देखाउँदै भर्ना भएका बिरामीलाई डिस्चार्ज गर्ने  बताएको छ ।

अस्पतालले एक सूचनामार्फत अक्सिजन सप्लाईकर्ता सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन बिग्रिएकोले तत्काल अक्सिजन उपलब्ध हुन सक्ने सम्भावना अत्यन्त न्यून रहेको भन्दै सो जानकारी गराएको हो ।

‘अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुन नसकेको हुँदा अस्पतालमा भएको अक्सिजनले आज साँझ ४ बजे सम्मलाई मात्र पुग्ने भएकोले यसबाट बिरामीको स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुन सक्ने देखिएको  हुँदा समस्या आउनु अघि नै आ-आफनो व्यवस्था गर्न सम्वन्धित सबै बिरामी पक्षलाई सूचित गरिन्छ’, अस्पतालले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर