विश्व परिवार एकसाथ लड्नु महामारी नियन्त्रणको एकमात्र उपाय – Nepal Press

विश्व परिवार एकसाथ लड्नु महामारी नियन्त्रणको एकमात्र उपाय

मैले यो लेख्दै गर्दा मेरो देश कोभिड-१९ को नयाँ र क्रुर लहरसँग जुझिरहेको छ । संक्रमितको बढ्दो संख्याले हाम्रा साहसी चिकित्सक, नर्स, अन्य सेवा प्रदायक, स्वयंसेवक र समग्र स्वाथ्य प्रणालीमै गम्भीर चुनौती थपिदिएको छ।

नेपालको इतिहास कठिन र संघर्षमय हो, तैपनी यो महामारीले हामीलाई आफ्नो सीमिततातिर ढकेल्दै छ । संक्रमितको संख्याले स्वास्थ्य प्रणालीमा दबाब बढ्दै छ, बिरामीलाई चाहिने अस्पताको शय्या उपलब्ध गराउन कठिनाइ भएको छ ।

संक्रमणको ‘ग्राफ’ उकालो लाग्दै छ । विगत केही दिनदेखि दैनिक ८ हजार नयाँ संक्रमित देखिइरहेका छन्, जुन करिब तीन करोड जनसंख्या भएको देशका लागि निकै उच्च हो ।

भलै मृत्युदर कम छ, यो लैख्दै गर्दा महामारीका कारण हामीले ३ हजार ७ सय २० जनाको अमूल्य जीवन गुमाएका छौं ।

यो हानिकारक शत्रुबाट मानिसहरूलाई जोगाउन मेरो सरकारले नियन्त्रण र उपचार दुवै मोर्चामा सक्दो प्रयास गरिरहेको छ । हामीले संक्रमणको चक्र टुटाउन विशेष गरी शहरी क्षेत्रमा प्रतिबन्ध लगाएका छौं र जागरण अभियान पनि जारी छ । हामी उपचारका लागि चाहिने अक्सिजन र आईसीयूको सुनिश्चितता गर्ने कोसिस गरिरहेका छौं । हामीले परीक्षण, ट्रेसिङ र उपचार सेवा बढाउने नीति लिएका छौं ।

तर, स्रोत साधन र पूर्वाधारको कमीका कारण महामारी निकै महंगो पर्न गइरहेको छ। त्यसैले जीवन बचाउने हाम्रो प्रयासमा खोप, परीक्षण उपकरण, अक्सिजन किट, औषधी र उपकरण सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको छु । हाम्रो तत्कालको लक्ष्य हुनेवाला मृत्यु रोक्नु हो ।

जब बेलायतको कुरा आउँछ, यो कठिन समयमा ऐक्यवद्धताको उच्च अपेक्षा हाम्रो छ । हामी हजारौं माइल टाढा भए पनि हाम्रो सम्बन्ध मजबुत र गहिरो छ । यो सम्बन्ध जनता बीचको मजबुत सम्बन्धबाट थप सुदृढ भएको छ।

हामी परस्पर र परस्पर जोडिएको दुनियाँमा रहेका कारण यो रोगले सबैलाई असर गर्छ । सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित छैन ।

यो महमारीले पुनः एकपटक गरिब र धनी दुनियाँबीचको खाडल उजागर गरेको छ । यो खाडललाई खोप, चिकित्साविधान र निदान सबैको पहुँचमा पुर्याएर कम गर्नुपर्छ । दक्षिणी गोलार्धका अर्बौं मानिसलाई अझैं पनि थाहा छैन् कि कोभिड-१९ खोप उनीहरुलाई कहिले प्राप्त होला ? ती देशहरुसँग ऐक्यवद्धता आवश्यक छ ।

‘जी-७’ को अध्यक्ष र मानव कल्याणको हिमायती भएकाले बेलायत अन्तर्राष्ट्रिय सहयोग जुटाउन सक्ने हैसियतमा छ । नेपाल विश्वस्त छ कि बेलायतले जी-७ लाई विश्वभर र त्यसमा पनि तत्कालै आवश्यक देशका लागि खोप परिचालनमा प्रयोग गर्ने छ।

बेलायतले कोप-२६ को आयोजकका रुपमा यो वर्षको अन्ततिर महत्वाकांक्षी जलवायु सम्झौता अगाडि बढाउन कडा मेहनत गर्ने पनि मेरो देशको आसा छ। महामारीले हामी सगरमाथा संवाद स्थगन गर्न बाध्य भएका छौं।

हाम्रा शेर्पा उचाइमा संघर्षरत आरोहीलाई अक्सिजन बाँड्नका लागि परिचित छन् । अहिले कोभिड-१९ ले हाम्रो देशलाई ‘अक्सिजन बिहिन’ बनाइरहेको छ । र, हामी यसका लागि अन्तर्राष्ट्रिय समुदायामा ‘शेर्पा’को खोजी गरिरहेका छौं।

हामी हाम्रा विश्वभरका मित्रलाई आवश्यक मेडिकल सामाग्री, जीवन रक्षक औषधी र खोप अविलम्ब उपलब्ध गराउन आग्रह गरिरहेका छौं । जलवायु परिवर्तन र यो महामारीका लागि एउटै उपाय हो- ऐक्यवद्धता । वैश्विक परिवारका रूपमा एकसाथ लड्नु नै एक मात्र उपाय हो ।

(प्रधानमन्त्री ओलीले बेलायती पत्रिका ‘द गार्जियन’ मा राखेको विचारको अनुवादित अंश)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *