खोप खरिदबारे संसदमा नेताहरूले झूटो अफवाह फैलाएको मन्त्री त्रिपाठीको आरोप – Nepal Press

खोप खरिदबारे संसदमा नेताहरूले झूटो अफवाह फैलाएको मन्त्री त्रिपाठीको आरोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा अनियमितता भएको भन्दै संसदमा विपक्षी दलका नेताहरूले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

मंगलवार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले देशको नेतृत्व गरिसकेका जिम्मेवार नेताहरूले अनर्गल प्रचार र अफवाहमा विश्वास गरेर बोल्नु आत्मरतिमात्र हुने बताए ।

उनले खोप खरिदमा सरकारले कसैलाई एक पैसा कमिसन नदिएको र कुनै अनियमितता नभएको बताए ।
उनले भने, ‘नेताजीहरू बोल्न त बोल्नुस् तर कुरा नबुझी झूटो अफवाह,अनर्गल आरोप र आत्मरतिका लागि नबोल्नुस् । यसले तपाईंहरुको बोलीको गरिमा घटाउछ ।’

भारतको सिरम कम्पनीबाट १० लाख खोप आउने चरणमा रहेको बताउँदै मन्त्री त्रिपाठीले भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण केही ढिला भएको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “खोप खरिदबारे संसदमा नेताहरूले झूटो अफवाह फैलाएको मन्त्री त्रिपाठीको आरोप

  1. The suspicion about commission and corruption was the outcome of the interview/statement by the minister himself.

Leave a Reply to suresh pradhan Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर