कोरोना संक्रमितलाई युवा संघको नि:शुल्क एम्बुलेन्स – Nepal Press

कोरोना संक्रमितलाई युवा संघको नि:शुल्क एम्बुलेन्स

दाङ । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामीको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।

मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्स युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामीको लागि एम्बुलेन्स सेवाको सुरुआत गरेका छन् ।

बाँके जिल्ला कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालनमा लिएर आएको र २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानीय तहका लागि संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउछन् ।

एम्बुलेन्स सेवा सँगै बिरामी तथा बिरामीको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत व्यवस्था गरिने अध्यक्ष थापाको भनाइ छ ।

युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँ कमिटीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबार देखि कोरोना संक्रमितलाई उपचारको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली बताए ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमणको र मृत्यु हुनेको दर उकालो लागिरहेको छ । कोरोना संक्रमण दर बढ्दै जादा संक्रमितलाई अस्पताल सम्म पुर्‍राउने साधनको समेत अभाव हुँदा रिक्सा तथा अटोको भरपर्नु परेको अवस्थालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेको संयोजन तथा युवा संघ नेपाल नेपालगन्ज नगरकमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्याइएको युवासंघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताए ।

बाँके जिल्ला भरी कोरोना संक्रमित बोक्न एम्बुलेन्स २४ सै घण्टा संचालनमा आउने र त्यसको लागी बाकेका ८ वटै स्थानीय तहमा युवा संघका सम्पर्क व्यक्तिलाई कुनै पनि बेला फोन गर्न सकिने एम्बुलेन्स संचालन र ब्यवस्थापनको जिम्मा लिएको युवा संघ नेपाल नेपालगन्ज नगर कमिटिका अध्यक्ष प्रवीण बिसीले बताए ।

कोरोना संक्रमितको लागि संचालनमा ल्याइएको एम्बुलेन्सको लागी बाँकेका ८ वटै स्थानीय तहका युवा संघका प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर