महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ – Nepal Press

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौं । महिलालाई दुर्व्यवहार गरेको आरोपमा महानगरीय  प्रहरी वौद्धले सागर थापा नामका व्यक्तिलाई पक्राउ गरेको छ । बौद्धका डीएसपी नविन कार्कीका अनुसार  सागरमाथि एक महिलाले गालीगलौजको आरोप लगाएकी छिन् ।

कार्कीले नेपाल प्रेससँग भने, ‘ एकजना महिलासँगको विषयमा रहेछ । उहाँहरूबीच विवाह गर्ने/नगर्ने कुरामा पनि बेलाबेलामा झगडा र कुटपिटसम्म भएको पाइयो । सामाजिक सञ्जालमा एकले अर्कोलाई गाली गर्ने पनि भइरहेको रहेछ । छलफलका लागि बोलाएका हौं ।’

प्रहरीमा पटकपटक उजुरी गरेपछि यसअघि पनि सम्झाएर पठाएको कार्कीले बताए ।

(यसअघि यो समाचारमा उल्लेखित व्यक्तिको नाममात्र मिलेको पाइएकाले पूर्वसभासद चन्द्रबहादुर थापाको नाम पर्न गएकोमा क्षमा प्रार्थी छौं)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर