उपत्यकामा पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने – Nepal Press

उपत्यकामा पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने

काठमाडौं । निषेधाज्ञा अवधीभर काठमाडौं उपत्यकास्थित खाद्यान्न तथा तरकारी बजारका पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको छ ।

बिहान ९ बजेसम्म खोल्न पाइने नियमलाई परिमार्जन गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १० बजेसम्म खोल्न पाइने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताए ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञालाई जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय पनि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर