गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु – Nepal Press

गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु

पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् ।

निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा कास्कीका मात्रै ६ जना छन् ।

शर्माका अनुसार पोखरा महानगर १ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा १६ की ६० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पताल, पोखरा ६ कै ३२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरा ८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र २१ का ८० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

त्यस्तै, पछिल्लो एकदिनमा मृत्यु हुनेमा म्याग्दी ५२ र ६० वर्षीय पुरुष, स्याङजाका ६८ वर्षीय पुष, तनहुँका ५७ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय महिला र ४० वर्षीय पुरुष छन् । उनीहरुसबैको पोखरामा उपचारका क्रममा निधन भएको हो ।

योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । पछिल्लो बैशाखयतामात्रै गण्डकीमा ८० जना संक्रमितको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *