मेडिकल सामाग्री कालोबजारी गर्ने सातजना पक्राउ, ७६५ अक्सिमिटर बरामद – Nepal Press

मेडिकल सामाग्री कालोबजारी गर्ने सातजना पक्राउ, ७६५ अक्सिमिटर बरामद

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनको क्रममा ७ जना नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोली बजार अनुगमन गर्दा मेडिकल सामाग्री कालोबजारी गर्ने ७ जनालाई पक्राउ गरेको हो ।

अनुगमन टोलीले काठमाडौंका बिभिन्न स्थानबाट लुकाइ छिपाई राखेको र अवैध रूपमा विक्रि वितरण समेत भएको ७६५ थान अक्सिमिटर बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरु ७ जना न्यक्तिहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । निषेधाज्ञा थप गर्ने निर्णयसगैँ काठमाडौं प्रशासनले निषेधाज्ञा कार्यान्वयन र बजार अनुगमनलाई तिब्रता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर