कोरोनाबाट आफन्तको मृत्युपछि फेसबुकमा नारायणकाजीको पीडा – Nepal Press

कोरोनाबाट आफन्तको मृत्युपछि फेसबुकमा नारायणकाजीको पीडा

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठकी भतिजी बुहारी निर्मला वैद्यको कोरोना संक्रमणका कारण निधन भएको छ ।

श्रेष्ठले वैद्यको निधनप्रति दुःख व्यक्त गर्दै अक्सिजनसहितको बेड समेत नपाइएको उल्लेख गरेका छन् ।

‘म आफैँले पनि अरु धेरै कोभिड संक्रमितहरूको लागि बेड र आईसीयू खोजेको छु, तर पाइरहेको छैन,’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।

महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन नसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “कोरोनाबाट आफन्तको मृत्युपछि फेसबुकमा नारायणकाजीको पीडा

  1. के पिडा देखाउदैमा समस्याको समाधान हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर