विवाह खर्च कटाएर अक्सिजन किन्न अस्पताललाई पैसा – Nepal Press

विवाह खर्च कटाएर अक्सिजन किन्न अस्पताललाई पैसा

दाङ । कोरोना महामारीमा विवाह गरेका एक जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि सहयोग गरेका छन् ।

घोराही -१८ नवलपुरका अविनाश राना र सिर्जना राना कुँवरले आफ्नो विवाह खर्च कटाएर कोरोना महामारीको बेला अक्सिजन खरिदका लागि ५१ हजार सहयोग गरेका हुन् ।

अक्सिजन नपाई बिरामीको उपचारमा समस्या उत्पन्न हुन नदिन सहयोग गरेको उनीहरु बताउँछन् ।

विवाह खर्च कटाइ सानो रकम अक्सिजन खरिदका लागि पैसा सहयोग गर्न पाउँदा आफुहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक सन्देश प्रवाहसहित सामाजिक उत्तरदायित्व बहन गर्दै सो रकम सहयोग गरेकोअविनाश रानाले बताए ।

राना र कुँवर बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विवाह भएको थियो । नव विवहित जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकप् उपकुलपति प्रा .डा संगीता भण्डारी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्कार लामिछानेलाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।

उपकुलपति भण्डाडीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिदै बैबाहिक बन्धनमा बाधिएकोमा सफल दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर