कोरोनाको कारण उदयपुरमा कार्यालय प्रमुख सहित तीनको मृत्यु – Nepal Press

कोरोनाको कारण उदयपुरमा कार्यालय प्रमुख सहित तीनको मृत्यु

उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ३४, ५४ बर्षिय पुरुष र ५० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
यो सँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार  कोरोना भाइरसको संक्रमणपछि काठमाण्डौँको टिचिङ्ग अस्पतालमा उपचारको क्रममा कृषी ज्ञान केन्द्र उदयपुरका प्रमुखको सोमबार मृत्यु भएको हो ।
कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका ८ का ५४ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा र  त्रिनपा ५ की ५० बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

यसैविच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या दुई सय ३९ पुगेको छ । त्यसमध्ये पुरुष एक सय ३५ र महिला एक सय ४ रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार सोमबार ३३ जना महिला र २७ जना पुरुषमा संक्रमण देखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर