ट्रककाे ठक्करबाट सप्तरीमा दम्पतीकाे मृत्यु – Nepal Press

ट्रककाे ठक्करबाट सप्तरीमा दम्पतीकाे मृत्यु

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहामा आज विहान मालबाहक ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका -१ भलुवाका अन्दाजी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया श्रीमती सुनिता देवी रहेकी छन् ।

ना ६ ख ३८६१ नम्बरको मोटसाइकलमा सवार श्रीमान–श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रक राजमार्गको छेउमा पल्टिएको छ । ट्रक चालकलाई भने ईलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।

स्थानीयका अनुसार मृतक श्रीमान–श्रीमती आवश्यक कामले मोटरसाइकल चढेर बरमझिया बजारतर्फ हिँडेका थिए । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउन लागेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *