देउवा निवासमा ओलीको विकल्प खोजिँदै, माधव नेपाललाई पनि बोलाइयो – Nepal Press

देउवा निवासमा ओलीको विकल्प खोजिँदै, माधव नेपाललाई पनि बोलाइयो

काठमाडौं । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठनको दावी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल थालेका छन् ।

देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग आजैबाट परामर्श थालेका छन् । देउवा निवास बुढानिलकण्ठमा कांग्रेस-माओवादी र जसपा तथा एमालेका ओलीविरोधी समूहबीच छलफल हुन लागेको छ । शीर्ष नेताहरुबीच अनौपचारिक छलफलहरु चलिरहेको र दिउँसो २ बजे गठबन्धनको बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए । आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको कांग्रेसले जनाएको छ ।

राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्म दावी पेश गर्न दिएको समयसीमाभित्र बहुमत दावी गर्ने तयारी देउवा र प्रचण्डको छ । जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारको दिशामा नजाने बताइसकेको छ ।

माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान गणितभित्रबाट ओली विरोधी गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ । नेपाल पक्षलाई पनि बैठकमा बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


प्रतिक्रिया

One thought on “देउवा निवासमा ओलीको विकल्प खोजिँदै, माधव नेपाललाई पनि बोलाइयो

  1. तिमीहरु मिलीजुली गणितिय खेलबाट सरकार बनाउन सक्छौ तर जनताको अभिमतबाट सक्तैनौ । भारतको ईच्छा पुरागर्ने नलायकहरु हौ

Leave a Reply to तेज योङहाङ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर