बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण – Nepal Press

बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण

नयाँ उचाई मापन भएयता सगरमाथा आरोहण गर्ने पहिलो विदेशी

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको ‘राेयल गार्ड’ टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।

यो आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को बीचमा सगरमाथाको चुचुरोमा पुगेको उनीहरुको अन्य बन्दोबन्दी मिलाएको सेभेन समिट ट्रेक प्रालीले जानकारी दिएको छ ।

सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर मापन भएयता पहिलोपल्ट विदेशी आरोहणदल सगरमाथाको चुचुरोमा पुगेको हो । यो टिम मार्च १५ मा काठमाडौं आएको थियो ।

सगरमाथा आरोहणको तयारीस्वरुप यो टोलीले लोबुचे र मनासलु हिमाल आरोहणसमेत गरेको थियो । यो आरोहण दलको नेतृत्व टासी लाक्पा शेर्पाले गरेका थिए । उनी १९ वर्षको उमेरमा अक्सिजनविना सथरमाथा आरोहण गर्ने कीर्तिमानधारी आरोही हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर