१५ हजार अक्सिजन सिलिण्डरको आवश्यकता, सरकारसँग ८ हजार मात्रै – Nepal Press
१५ हजार अक्सिजन सिलिण्डरको आवश्यकता, सरकारसँग ८ हजार मात्रै
फोटो फिचर
निशान्त सिंह गुरुङ्ग २०७८ वैशाख २८ गते १०:१८
२०७८ वैशाख २८ गते १०:१८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याक अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या ८८ हजार पुगेको बताएको छ । साथै कोरोनाको दोस्रो लहरमा आस्पताल पुग्ने संक्रमितको संख्या पनि गत वर्षको भन्दा तीब्र गतिमा बढेको छ ।

अहिले अस्पतालमा भर्ना भएका प्रायः सबै कोभिड संक्रमितलाई अक्सिजन दिनु पर्ने अवस्था छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रको (सीसीएमसी) अनुसार पनि नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको आवश्यकता छ तर, ८ हजार थान अक्सिजनका सिलिण्डर मात्र अहिले सरकारसँग उपलव्ध छन् ।

अक्सिजन सिलिण्डरको अभाव चौतर्फी बढेपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शनिवार निर्देशन जारी गर्दै अव कुनै पनि निजी अक्सिजन कम्पनीले सिलिण्डर बिक्री/वितरण गर्दा मन्त्रालयको सिफारिस अनिवार्य लिनुपर्ने छ । साथै, नेपाल सरकारले चीनको बेइजिङबाट अनुदानमा ४ सय सिलिण्डर मंगलबार नेपाल एयरलाइन्सबाट नेपाल ल्याउँदै छ ।

यसका साथै अक्सिजन ग्यास सिलिण्डर एक कम्पनीले अहिले अक्सिजन सिलिण्डरको माग अनुरुप दैनिक ७/८ सय सिलिण्डर उत्पादन गर्दै आएको नेपाल अक्सिजन ग्याँस उत्पादक संघका अध्यक्ष नारायण तिमिल्सिनाले बताए । हाल नेपालमा रहेका ८ अक्सिजन उत्पादन कम्पनीले दैनिक ५ हजार सिलिण्डरमा अक्सिजन भर्ने गरेका छन् ।