नवनियुक्त राष्ट्रिय किसान आयोगका पदाधिकारीले लिए सपथ – Nepal Press

नवनियुक्त राष्ट्रिय किसान आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं । नवनियुक्त राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालसहित सदस्यले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रमकाविच सपथग्रहण गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा. दङ्गाललाई सपथग्रहण गराएकी थिइन भने त्यसपछि अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्य सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराएका हुन् ।

आयोगका रिक्त अध्यक्षसहित सदस्यको गत वैशाख १९ गतेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेको थियो । योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदाधिकारीले पूर्णता पाएको छ । त्यस अवसरमा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्यामा केन्द्रित रहेर विस्तृतअध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन् । झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोग समक्ष रहने मन्त्री अर्यालले अपेक्षा गरेको बताइन ।

मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियम लगायतका कानूनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा गर्न पनि भनेकी छन् । ृनm
किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनको दर्ता तथा नियमन लगायतका कार्यमा नेपाल सरकारलाई सल्लाह, सुझाव सहितका कार्य निरन्तर रूपमा अगाडि बढाउन आयोगका पदाधिकारीसँग अपेक्षा समेत व्यक्त गरिन ।

कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामाग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाब नेपाल सरकारलाई पेश गर्न उनले आग्रह गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर