राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा न्यायाधीश थापा नियुक्त – Nepal Press

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा न्यायाधीश थापा नियुक्त

काठमाडौं । जेठ १७ गते सोमबारका दिन हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि जिल्ला अदालतका दाङका न्यायाधीश रीतेन्द्र थापा नियुक्त भएका छन् ।

मंगलबार बाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

सोमबार बसेको निवार्यचन आयोगको बैठकले उनलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा नियुक्त गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर