नेपालमा संक्रमित संख्या ४ लाख नाघ्यो, सक्रिय संक्रमित ९३ हजार – Nepal Press

नेपालमा संक्रमित संख्या ४ लाख नाघ्यो, सक्रिय संक्रमित ९३ हजार

काठमाडौं । नेपालको कोरोनाभाइरस संक्रमित संख्या ४ लाख नाघेको छ । सोमबार ९२७१ जना थपिएसँगै कूल संक्रमित संख्या ४ लाख ३ हजार ७९४ पुगेको हो ।

कूल मृत्यु ३ हजार ८५९ पुगेको छ । सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।

कूल निको हुने संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

काठमाडौंमा सक्रिय संक्रमित संख्या २९ हजार ०७१ पुगेको छ । काठमाडौंमा अहिलेसम्म ८६३ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर