ह्वीप उल्लंघनमा एमालेले तत्काल कारवाही नगर्ने, समानुपातिक सांसद पदमुक्त हुनसक्ने – Nepal Press

ह्वीप उल्लंघनमा एमालेले तत्काल कारवाही नगर्ने, समानुपातिक सांसद पदमुक्त हुनसक्ने

काठमाडौं । नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई तत्कालै कारवाही नगर्ने भएको छ ।

यद्यपी समानुपातिक सांसदलाई भने कानुन बमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवारलाई जिताउने बारे नेतृत्व तहमा छलफल भएको छ ।

एमाले स्रोतका अनुसार ८ जना समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको छ ।

प्रत्यक्ष निर्वाचित २० जनाको हकमा अहिले केही नगर्ने र पार्टी एकताको लागि अझै पनि उनीहरुलाई मौका दिइने केपी ओली निकट नेताहरुले बताएका छन् । तर नेपाल पक्षले एकताका लागि आफ्नो पक्षमा रहेका समानुपातिक सांसदलाई पदमुक्त गर्न नपाइने अडान राख्ने निश्चित छ ।

विश्वासको मत दिन अनुपस्थित हुनु ह्वीप उल्लंघन भए पनि के कारवाही गर्ने भन्ने बारे अहिले केही भन्न नसकिने संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई बताए ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दल सम्बन्धी ऐन र एमालेको विधान बमोजिम कारवाही हुनसक्ने बताए ।


प्रतिक्रिया

One thought on “ह्वीप उल्लंघनमा एमालेले तत्काल कारवाही नगर्ने, समानुपातिक सांसद पदमुक्त हुनसक्ने

  1. ए समानुपातिकलाइ कारबाही गर्दा प्रत्यक्ष हेरेर बसि राख्लान?

Leave a Reply to केपि बा Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर