चीनले नेपाललाई हस्तान्तरण गर्‍यो ४०० थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर – Nepal Press

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो ४०० थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर

बेइजिङ । चीनले नेपाललाई ४ सय थान अक्सिजन सिलिन्डरसहित १० थान भेन्टिलेटर र ११७ थान अक्सिजन कन्सनटेटर प्रदान गरेको छ ।

सोमबार बेइजिङमा आयोजित समारोहमा चिनियाँ स्वास्थ्य मन्त्रालयका अधिकारीले नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेयलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

ती सामान ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज राती साढे ११ बजे बेइजिङ प्रस्थान गर्दैछ । जहाज मंगलबार दिउँसो काठमाडौं आउने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर