महंगोमा अक्सिमिटर विक्री गर्ने व्यवसायी पक्राउ – Nepal Press

महंगोमा अक्सिमिटर विक्री गर्ने व्यवसायी पक्राउ

जनकपुरधाम । शरीरको अक्सिजन मात्रा नाप्ने अक्सिमिटर कालोबजारी गर्ने जनकपुरका एक औषधी व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरस्थित बिनिता सर्जिकल स्टोरका संचालक भुपनारायण साह रहेका छन् । १२ सय पर्ने अक्सिमिटर ३ हजार भन्दा बढी मूल्यमा बिक्री गरेकाले साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साहको पसलबाट २८ थान अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ । हिरासतमा राखेर उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान सुर गरेको छ ।

यसअघि जनकपुरकै सरोज सर्जिकल सप्लायर्सले ३२ सयमा अक्सिमिटर विक्री गरेको पाइएको थियो । तर उक्त सप्लायर्सलाई प्रशासनले कारबाही गरेका छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर