बाँकेमा एक साता लम्बियो निषेधाज्ञा – Nepal Press

बाँकेमा एक साता लम्बियो निषेधाज्ञा

रूपन्देही । जिल्ला प्रशासन बाँकेले जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाएको छ । सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।

बैशाख १३ गतेबाट बाँकेका लागू गरिएको निषेधाज्ञाको अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।

यसअघि जारी गरिएको आदेश आज राती सकिँदै थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यसअघिकै मापदण्ड तोकिएको छ ।

बाँकेमा पहिलो चरणको निषेधाज्ञाको अवधि पूरा भएपनि संक्रमित थपिने क्रम रोकिएको छैन भने मृत्युदर पनि उच्च रहेको छ ।

जिल्लामा अक्सिजनको अभाव र अस्पतालमा बेडको अभावमा संक्रमितहरुले सास्ती ब्यहोरिरहेका छन् । प्रशासनले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर