फेरि नेपाल दुष्चक्रतिर फस्दै गएको देख्दा म साँच्चै खुसी छैन : प्रचण्ड – Nepal Press

फेरि नेपाल दुष्चक्रतिर फस्दै गएको देख्दा म साँच्चै खुसी छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश फेरि दुष्चक्रमा फस्दै गएको दावी गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

‘प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ कि यो सदनले उहाँलाई विश्वासको मत दिँदैन,’ संसदमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईंको सरकारले गरेका काम हेर्दा विश्वासको मत पाउने कुनै आधार छैन ।’

प्रचण्डले थपे, ‘म यो मञ्चबाट बोल्दै गर्दा खासै खुसी छैन । हामीले के सोचेर संविधान बनायौं । तर, अहिले फेरि नेपाल दुष्चक्रतिर फस्दै गएको देख्दा म साँच्चै खुसी छैन । फेरि जोडघटाउ । उही अविश्वास प्रस्ताव । म अहिले बौल्दै गर्दा सन्तुष्टि प्राप्त भएको छैन ।’

सरकारका कारण संविधानलाई नै कोरोना लागे जस्तो भएको उनको भनाइ छ । उनले भने, ‘संविधानलाई नै कोरोना लागेजस्तो । सरकारका कारणले संविधानलाई आईसीयूमा राखेको अवस्थाबाट गुज्रिएका छौं ।’

प्रधानमन्त्रीले आफूलाई राष्ट्रिय समस्या भनेर टिप्पणी गरेको भन्दै प्रचण्डले ओली स्वयं राष्ट्रिय समस्या भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर