अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु – Nepal Press

अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको अन्धाधुन्द गोली हानाहानको घटनामा एक नेपालीले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउने चारमध्ये एकजना नेपाली रहेको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुने नेपालीमा संखुवासभा घर भएका २४ वर्षका सागर घिमिरे रहेको जनाइएको छ । उनी गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जवर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्राजुएट भएका थिए ।

उनी झन्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सरेका थिए । बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले प्रेस वक्तब्य जारी गर्दै मृतकहरुको पहिचान सार्वजनिक गरेको थियो ।

उक्त घटनामा अर्का एक नेपालीको घर पूर्णरुपमा जलाइएको छ भने त्यहाँ कम्तीमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।

 


प्रतिक्रिया

One thought on “अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

Leave a Reply to Ram K. Dongol Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर