विश्वासको मतका लागि संसदमा यस्तो छ मतदानको तयारी (तस्बिरहरू) – Nepal Press

विश्वासको मतका लागि संसदमा यस्तो छ मतदानको तयारी (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै कोरोना संक्रमित सांसदका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको बताइएको छ ।

प्रधानमन्त्रीपछि दलका शीर्ष नेताहरूले संक्षिप्त सम्बोधन गर्ने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ। । त्यसपछि मत विभाजनको प्रक्रिया शुरू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर