वामदेवले भने- झलनाथ, माधवले एमाले फुटाएमा म उनीहरूको पार्टीमा सामेल हुन्छु – Nepal Press

वामदेवले भने- झलनाथ, माधवले एमाले फुटाएमा म उनीहरूको पार्टीमा सामेल हुन्छु

काठमाडौं । नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका छन् ।

गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गरेका हुन् । गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेका छन् । ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भनेका छन्, ‘त्यसो भए म तपाईको साथमा छैन ।’

माधव नेपालहरूका सन्दर्भमा गौतमले भनेका छन्, ‘वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

प्रतिनिधिसभामा गौतम पक्षका एकजना सांसद गौतम पत्नी तुलसा थापा छन् भने राष्ट्रियसभामा गौतम आफूमात्र छन् ।


प्रतिक्रिया

2 thoughts on “वामदेवले भने- झलनाथ, माधवले एमाले फुटाएमा म उनीहरूको पार्टीमा सामेल हुन्छु

  1. अब केपीले तिम्लाइ काैडीकाे भाउ दिए पो एमालेमा बस्थ्याै ?
    तिम्राे पार्टी एकिकरणको नाैटंकीको पर्दा खुल्याे है अब ।

  2. अब केपीले तिम्लाइ काैडीकाे भाउ दिए पो एमालेमा बस्थ्याै ?
    तिम्राे पार्टी एकिकरण अभियानको नाैटंकीको पर्दा खुल्याे है अब ।

Leave a Reply to रामलखन यादव Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर