ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई माओवादीको ह्वीप – Nepal Press

ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई माओवादीको ह्वीप

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले १ बजेदेखि तय संसद बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।

बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङ्गले बताए ।

उनले भने, ‘पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदैछ । त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोस्रो कोरोना नियन्त्रणका लागि सरकारले लापरवाही देखाएको छ । स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको अबिलम्ब छानविन गर्नुपर्छ र दोषीमाथि कारवाही गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर