बाँकेमा २४ घण्टाभित्र कोरोना संक्रमणबाट १७ जनाको मृत्यु – Nepal Press

बाँकेमा २४ घण्टाभित्र कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

बाँके । कोरोनाभाइरस संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु भएको छ । हाल यो मृत्युको तथ्यांक अहिले सम्मकै उच्च हो ।

जिल्ला कोभिड संकट व्यवस्थापनका अनुसार बाँकेमा १७ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

हालसम्म योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको लागि बाँकेमा आएका १ सय ३९ जनाको मृत्यु भइसकेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर