झलनाथ खनाल कोरोना संक्रमणमुक्त, केहि दिन चिकित्सककै निगरानीमा रहने – Nepal Press

झलनाथ खनाल कोरोना संक्रमणमुक्त, केहि दिन चिकित्सककै निगरानीमा रहने

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन् । संक्रमित भई नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको परीक्षण रिपोर्ट आइतबार साँझ नेगेटिभ आएको हो ।

स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको बताए। उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।

संक्रमित भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्नाभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर