निषेधाज्ञाकाबीच काठमाडौं छाड्नेको भीड – Nepal Press
निषेधाज्ञाकाबीच काठमाडौं छाड्नेको भीड
फोटो फिचर
विजय गजमेर २०७८ वैशाख २६ गते २१:१०
२०७८ वैशाख २६ गते २१:१०

काठमाडौं । तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमणलाई न्यूनिकरण गर्नका लागि सरकारले काठमाडौंलगायत देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । सरकारले निशेधाज्ञा जारी गरेपनि अहिले पनि काठमाडौं छोड्नेको लर्को कलंकीमा कम छैन । निषेधाज्ञालाई अवज्ञा गर्दै अहिले देशका विभिन्न भागमा जानका लागि काठमाडौंको कलंकीमा बसहरु प्रसस्तै भेटिन्छन् ।

काठमाडौंबाट अन्य जिल्लामा जाने यात्रुसँग भने ती सवारी साधनले अन्य बेलाको भन्दा दोब्बर, तेब्बर महंगो भाडा असुली रहेका छन् । सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएसँगै अत्यावसेकबाहेक सार्वजानिक र निजी सवारी साधनमा रोक लगाइएको छ । अहिले लामो दूरीका यातायात मात्र होइन राष्ट्रिय र अन्तराष्ट्रिय हवाई उडान समेत बन्द रहेको अवस्था छ ।