माओवादीलाई मुख्यमन्त्रीको झटारो : बञ्चरोले बिर्सन सक्ला, रुखले जीवनभर चोट बिर्सँदैन (राजीनामा पत्रसहित) – Nepal Press

माओवादीलाई मुख्यमन्त्रीको झटारो : बञ्चरोले बिर्सन सक्ला, रुखले जीवनभर चोट बिर्सँदैन (राजीनामा पत्रसहित)

पोखरा । मुख्यमन्त्री पदबाट राजीनामा दिँदै पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले घात गरेको बताएका छन् । एउटै मोर्चा र एउटै घोषणापत्रबाट चुनाव लडेर सरकारमा पनि बसेको र अहिले आएर बञ्चरोले हानेको राजीनामा वक्तव्यमा उल्लेख गरेका छन् ।

‘गण्डकी प्रदेशका जनताले दिएको म्यान्डेट त नेकपा एमाले ठूलो दलका रुपमा सरकार सञ्चालन गर, नेपाली कांग्रेस प्रतिपक्षमा बस भनेकै हो नि ! खोई जन अपेक्षा अनुसार ब्यबहार गरेको ?’ गुरुङले भनेका छन्, ‘एउटै चुनाबी मोर्चाबाट लडने, एउटै घोषणापत्रबाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रवृति लोकतन्त्र, संङघीयता र गणतन्त्रका लागि हानी पुर्‍याउने प्रवृति हो ।’

गुरुङले अगाडि भनेका छन्, ‘हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीबनभर आफ्नो चोटको याद हुनेछ । तर पनि हाम्रो पार्टी नेकपा (एमाले) र हामी फल दिइरहने वृक्ष हौं, शीतलता पनि दिएकाछौं र दिइरहने छौं । तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्। लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ ।’

उनले स्थिरता नचाहने, विकास विरोधीतत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्वाचनमा गएका दलहरुबाटसमेत असहयोगका कारण काम गर्ने वातावरण नरहेको बताएका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ (क) बमोजिम माननीय प्रदेश प्रमुखज्यू समक्ष आजैका मितिदेखि लागु हुने गरी आफ्नो पदबाट राजिनामा दिएको छु ।’


प्रतिक्रिया

One thought on “माओवादीलाई मुख्यमन्त्रीको झटारो : बञ्चरोले बिर्सन सक्ला, रुखले जीवनभर चोट बिर्सँदैन (राजीनामा पत्रसहित)

  1. तिमिले पनी एमाले छोडेर ससफो गएथ्यौ । अशोक राई राजेन्द्र श्रेष्ठ ले निष्ठाको राजनिती गर्दै उतै बसे । तिमी लुसुक्क फर्कियौ। किनकि उता माल छैन । यता कमाल छ । त्यसमा पनी ओली दलमा बसेर रजाईं गर्न पायौं । तिमीले कसैलाइ इमान्दारी को कथा सुनाउन जरुरी छैन ।

Leave a Reply to Hhuchhen Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर