कोरोना प्रभाव : रक्तसञ्चार केन्द्रमा रगतको अभाव – Nepal Press

कोरोना प्रभाव : रक्तसञ्चार केन्द्रमा रगतको अभाव

नवलपरासी । कोरोनाको कारण रक्तदाता घटेपछि नवलपुरको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो ।

उपशाखा सभापति वेदप्रसाद न्यौपानेका अनुसार कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ।

कोभिडका कारण रक्तदानका कार्यक्रम गर्ने अवस्था अहिले नरहेको र पुनारो मौज्दात रगत समेत सकिएको उनले बताए ।
‘अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था छैन्, तर रगतको माग भने दैनिक रुपमा बढेको छ’ सभापति न्यौपानेले भने-‘बिरामीका लागि रगत पुर्‌याउन मुस्किल भएको छ ।’

रगतको अभाव हुँदा रगत आवश्यक पर्ने बिरामीलाई समस्या सिर्जना भएको छ । रगतको माग धेरै रहेको र आपूर्ति सोही अनुपातमा नहुँदा समस्या भएको छ ।

व्यक्तिगत रुपमा रक्तदान गर्न चाहनेलाई सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर एक­एक जना मात्रै गरेर रक्तदान गर्न सकिने व्यवस्था गरिएको छ । निषेधाज्ञाका कारण रक्तदातालाई रक्तसञ्चार केन्द्रसम्म आउन असहज नहोस् भनेर सुरक्षा निकाय र प्रशासनसँग समेत समन्वय गरिएको जनाईएकोछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *