कैलालीमा ३१३ जनामा संक्रमण, ७ जनाको मृत्यु – Nepal Press

कैलालीमा ३१३ जनामा संक्रमण, ७ जनाको मृत्यु

कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६२३ जनाको परीक्षण गर्दा प्रदेशका ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका ३१३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लामा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकामा संक्रमित फेला परेका छन् । धनगढीमा मात्रै २४० जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

जिल्ला बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले ५४ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा २ जना निको भएका छन् भने ३ जना अस्पताल भर्ना भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *