पार्टी एकताको पक्षमा ओलीको अपिल- कसैलाई पनि काखा पाखा गर्दिन (पूर्णपाठ) – Nepal Press

पार्टी एकताको पक्षमा ओलीको अपिल- कसैलाई पनि काखा पाखा गर्दिन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् ।

ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् । उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

वक्तव्यमा भनिएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।

ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन् ।


प्रतिक्रिया

One thought on “पार्टी एकताको पक्षमा ओलीको अपिल- कसैलाई पनि काखा पाखा गर्दिन (पूर्णपाठ)

  1. हगी सक्याे दैलाे देख्याे भनेकाे यही हाे ।

Leave a Reply to लता पाैड्याल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर