प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया भोलि नै टुंग्याइने – Nepal Press

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया भोलि नै टुंग्याइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रयोजनार्थ भोलि बोलाइएको संसद बैठकमा एकै दिन सबै प्रक्रिया टुंग्याइने भएको छ ।

संघीय संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतदान सम्बन्धी सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको हो । त्यस्तै कोरोना संक्रमण देखिएका सांसदलाई मतदानको लागि छुट्टै व्यवस्था गरिने भएको छ ।

प्रतिनिधिसभाका २६ सांसदमा संक्रमण देखिएको छ । परीक्षण गर्न बाँकी ४८ सांसदको बैठकअघि नै नतिजा आइसक्ने गरी तत्काल थ्रोट स्वाब नमूना संकलन गर्ने पनि निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर