अजोड इन्स्योरेन्स कम्पनीले कमायो गत वर्षको भन्दा दोब्बर मुनाफा – Nepal Press

अजोड इन्स्योरेन्स कम्पनीले कमायो गत वर्षको भन्दा दोब्बर मुनाफा

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो क्वाटरको वित्तीय विबरण सार्वजनिक गर्दै गत वर्षको सोही अवधिको तुलनामा २ करोड ५९ लाख रुपैयाँले मुनाफा बढेको जनाएको छ ।

गत वर्ष तेस्रो क्वाटरसम्ममा ३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालू आर्थिक बर्ष ६ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले तेस्रो त्रैमासमा २ करोड ४ रुपैयाँ नाफा थप गर्न सफल भएको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ८.१५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७.६८ प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिसेयर कुल सम्पतिको मूल्य २१०.२६ रुपैयाँ रहेको छ ।

१ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा तथा कोषमा ७ कोड ५५ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ९ करोड २९ लाख र महा-विपत्ती जगेडा ८ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

१ लाख ५ हजार ९० बीमालेख जारी गरेको कम्पनीले बीमाशुल्क बापत १ अर्ब २ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । ३ हजार ३५० दाबी भुक्तानी बापत कुल ५० करोड २० लाख ९५ हजार भुक्तानी दिएको कम्पनीले ३ हजार ९४४ दावी भुक्तानी बापत ४३ करोड ९३ लाख ५० हजार भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर