समाज र स्वस्तिक लघुवित्त वित्तीय संस्था मर्ज हुँदै – Nepal Press

समाज र स्वस्तिक लघुवित्त वित्तीय संस्था मर्ज हुँदै

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्था मर्जमा जाने भएका छन् ।

यसका लागि जेठ ११ गते यि लघुवित्त संस्थाले साधारण सभा बोलाएका छन् । दुबै कम्पनीको साधारणसभाको मुख्य एजेण्डा नै दुई कम्पनी बीचको मर्ज हुने बताइएको छ ।

‘ड्यु डेलिजेन्स अडिट रिपोर्ट’ का अनुसार दुबै कम्पनीले १ बराबर १ सेयर बाँडफाँड अनुपात ‘स्वाप रेसियो’ कायम गरेका छन् ।

मर्जर पश्चात पनि दुबै कम्पनीका लगानीकर्ताको सेयर संख्यामा कुनै कमी आउने छैन् भने सामाज र स्वस्तिक दुई संस्थामा सेयर रहका लगानीकर्ताको सेयर संख्या दोव्वर हुनेछ । मर्जर पछी स्वस्तिक समाज लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गरिने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *