माधव पक्ष भन्छ- समानुपातिक सांसदले राजीनामा दिने भनेको होइन – Nepal Press

माधव पक्ष भन्छ- समानुपातिक सांसदले राजीनामा दिने भनेको होइन

एमाले हुन नदिने र भोट पाएपछि कारवाही गर्ने भएपछि राजीनामा-रावल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले समानुपातिक सांसदले राजीनामा दिनेबारे छलफल नै नभएको प्रष्ट पारेको छ ।

केही समानुपातिक सांसदले आफूहरू राजीनामाको विपक्षमा रहेको भन्दै वक्तव्य दिन थालेपछि नेपाल पक्षले प्रत्यक्ष निर्वाचित सांसदको मात्र राजीनामाको हस्ताक्षर भएको जनाएको छ ।

एमाले केन्द्रीय सदस्य तथा कैलाली २ बाट निर्वाचित माधव पक्षीय सांसद झपट रावलले आफूहरू भोलि बिहानसम्म पनि एमालेको एकता कायम हुने विश्वासमा रहेको बताए । उनले एमाले बन्न पनि नपाउने र आफूहरुको मत लिएपछि कारवाही गर्ने तयारी रहेकाले त्यसो हुनुभन्दा राजीनामा दिनु उपयुक्त हुने निष्कर्षमा पुगिएको बताए ।

रावलले नेपाल प्रेससँग भने, ‘समानुपातिक सांसदले राजीनामा दिने कुरै भएको छैन र त्यो आवश्यक पनि छैन । जहाँसम्म हाम्रो कुरा छ, हामी एकताबद्ध एमाले चाहन्छौं । हामीलाई एमाले हुन देऊ भन्दा हिजो नेकपाको पालामा फरक मत राखेकै आधारमा एमाले हुन दिइएन ।’

रावलले माधव नेपाल पक्षले एमालेमा अहिले धेरै कुरा केही नमागेको बताए । उनले सर्वोच्च अदालतले जहाँ फर्काइदिएको हो, त्यहिँबाट शुरू गर्दा एमाले एकताबद्ध हुने दावी गरे । तर, २७ गते आफूहरूको मत लिएर २८ गते कारवाही गर्ने तयारी बुझेपछि त्यसरी अपमानित हुनुभन्दा राजीनामा दिएर बाहिरिनु बाध्यात्मक विकल्प रहेको रावलले बताए ।

उनले भने, ‘अहिले नै कारवाही गर्दा संसदमा अल्पमतमा पर्ने भएर रोकिएको हो । यसरी अपमानजनक ढंगले पार्टीबाट निष्कासन हुनुभन्दा राजीनामा दिनु उपयुक्त भयो । हामी एमालेकै सांसद भएर फ्लोर क्रस गर्न पनि चाहेनौं ।’

रावलले अहिले पनि अध्यक्ष ओलीले चाहँदा एमालेको एकता पनि जोगिने र सबै एमाले मिलेर सरकार जोगाउन लाग्न पनि सकिने बताए ।


प्रतिक्रिया

3 thoughts on “माधव पक्ष भन्छ- समानुपातिक सांसदले राजीनामा दिने भनेको होइन

  1. पोइल गकी आमा संगै झट्केलो छोराछोरी हुन जाने कि आफ्नै बाबुसंग अधिकार सहित बस्ने । आमा त गइन फर्केर आएनी के विश्वास भो र घर सम्हाल्न आउने हैनन् अंश माग्न आउलिन् । छोराछोरीले अहिले निर्णय गर्ने वेला हो यो । झट्केला बाउले माया गरे त ठीकै गलहत्याए भने के गर्नु ।

    1. राजनीतिक तथ्य र सत्यलाइ हेरेर तर्क गरौ न महानुभाव ।

  2. सहि कुरा गर्नु भयो सरले।

Leave a Reply to कन्काई पुत्र Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर