नागरिक एपमा यी ८० सेवा थपिंदै – Nepal Press

नागरिक एपमा यी ८० सेवा थपिंदै

काठमाडौं । आइसिटी दिवस २०२१ मा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप्ने तयारी भएको प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका बताएका छन् ।

वागमती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताए ।

विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको छ ।  त्यस्तै, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइरहेको बताए ।

उनले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराए । त्यस्तै, एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए ।

डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको छ ।पछिल्लो तथ्याङ्कनुसार ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाइ भएको मन्त्रालयले जनाएको छ ।

पूर्वमन्त्री गणेश शाहले नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपुर्ण प्लाटफर्मको रुपमा विकास भइरहको हुदा सरकारले उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने जोड दिएका थिए । कार्यक्रममा सहभागिले नागरिक एपको प्राविधिक पक्ष, डेटा सुरक्षा र नागरिकता न।बाट तथ्यांक उपलब्ध नभएको गुनासो गरेका थिए ।


प्रतिक्रिया

One thought on “नागरिक एपमा यी ८० सेवा थपिंदै

  1. ड्राइभर लाइसेन्स पनि हुनु पर्ने होो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *