देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस – Nepal Press

देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् । देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

कतिपयले भने कांग्रेस निकट रेग्मीलाई लोकसेवा आयोगमा नियुक्ति दिएर प्रधानमन्त्रीले चलाखी गरेको टिप्पणी गरेका छन् । नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले–माओवादी ब्युँताउने फैसला गर्ने न्यायाधीश कुमार रेग्मीका सहोदार दाजुलाई नियुक्ति दिएर ओलीले गुन तिरेको टिप्पणी समेत भएको छ ।
त्यस्तै कांग्रेसले पनि रेग्मीको विरोध नगरोस् र विगतमा पनि कांग्रेसकै कोटामा रहेको आयोगका अध्यक्ष यसपटक पनि उसैलाई दिइएको भनाइ प्रधानमन्त्री निकट स्रोतको छ ।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर