मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनद्वारा अविश्वास प्रस्ताव दर्ता – Nepal Press

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनद्वारा अविश्वास प्रस्ताव दर्ता

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभामा ७९ जना सांसद छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् ।

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर