बाँकेमा शनिबार राति ८ संक्रमितको मृत्यु – Nepal Press

बाँकेमा शनिबार राति ८ संक्रमितको मृत्यु

रूपन्देही । बाँकेमा शनिबार राति मात्र ८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान सम्म उपचाररत ८ जना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा बाँकेका ३ जना, दाङ र बर्दियाका २।२ जना र कैलालीका १ जना छन् । बैशाख २१ र २२ गते भेरी अस्पतालमा भर्ना भएका बर्दिया बढैयातालका ६५ वर्षिया महिला र ३० वर्षिया महिलाको शनिबार दिउँसो ३ः२५ र ३ः४० बजे मृत्यु भएको थियो भने २४ गते सोही अस्पताल भर्ना भएकी दाङ दङ्गिशरणका ८५ वर्षिया महिलाको पनि साँझ ५ः३० बजे मृत्यु भएको थियो ।

त्यसैगरि २१ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज १५ का ७३ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १६ गते भेरीमा भर्ना भएकी ५३ वर्षिया महिलाको बिहान २ः३० बजे, २० गते भर्ना भएका लम्की चुहा १ कैलालीका ४३ वर्षिय पुरुषको मध्यराती १ बजे मृत्यु भएको छ ।

त्यस्तै बैशाख २२ गते नेपालगन्ज मेडिकल कलेज भर्ना भएका दाङ तुलसीपुरका ४१ वर्षय पुरुषको बिहान २ बजे तथा २१ गते मेडिकल कलेज भर्ना भएका नेपालगन्ज ११ का ४३ वर्षिय पुरुषको बिहान ५ः५५ बजे मृत्यु भएको ओलीले बताए ।

यससँगै बाँकेमा जिल्लाभित्रका मृत्यु हुनेको संख्या १८० पुगेको छ भने बाहिरी जिल्लाको मृत्युको संख्या १३६ पुगेको छ । दुई दिनयता नयाँ संक्रमितको संख्या धेरै नबढेको, संक्रमित निको हुनेको संख्या बढेको भएपनि मृत्युदर नघटेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर