प्रतिमान–नीमा स्मृति प्रतिष्ठानमा आइसोलेसन सेन्टर – Nepal Press

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानमा आइसोलेसन सेन्टर

रुपन्देही । पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराका बुवा स्व. प्रतिमान बोहरा र आमा स्व. नीमा बोहराको नाममा स्थापित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आइसोलेशन सेन्टर सञ्चालनका लागि आफ्नो भवन उपलब्ध गराउने भएको छ ।

सिद्धार्थनगर नगरपालिका–३ स्थित सीता नर्सरीमा रहेको २ तल्ले १२ कोठे भवनमा अस्थायी आइसोलेसन सेन्टर सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

दोस्रो चरणको कोरोना महामारी समुदायस्तरमा फैलिएको र अस्पतालहरुमा बिरामीको चाप बढ्नुका साथै बेडको अभाव भएकोले शुक्रबार बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले आइसोलेसन सेन्टरका लागि भवन उपलब्ध गराउने निर्णय भएको संस्थाकी अध्यक्ष विजया केसीले बताइन् ।

‘प्रतिष्ठानको भवनलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय जुनसुकै तहको सरकारले अस्थायी आइसोलेसन सेन्टरको रुपमा सञ्चालन गर्न सक्ने निर्णय गरेका छौं, ’प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर