देउवा र दाहालका लागि पार्टी चोइट्याउनेहरुलाई पछुताउने समय आउँछ: गोकुल बास्कोटा – Nepal Press

देउवा र दाहालका लागि पार्टी चोइट्याउनेहरुलाई पछुताउने समय आउँछ: गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले माधव नेपाल पक्षप्रति कटाक्ष गर्दै पार्टी फुटाउन खोज्नेहरुलाई छेकबार लगाउन नहुने बताएका छन्।

‘देश, जनता र आफ्नो पार्टीका लागि नभएर नचाहिएको अत्तो थापेर अरुकै लागि कसैले हाराकिरी गर्छ,’ बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘र, त्यसैलाई महान त्याग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो महान कार्यमा छेकबारको प्रयास के काम ?’

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि पार्टी फुटाउन लागेको अरोप लगाउँदै पछुताउने समय आउने उनको भनाइ छ। ‘देउवा र पुष्पकमलका लागि पार्टी चोइट्याउन कृतशंकल्पित हुनेलाई पछुताउने समय आइहाल्छ नि !,’ उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर