एमाले एकता टर्दै, माधव पक्षका सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर – Nepal Press

एमाले एकता टर्दै, माधव पक्षका सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने भएका छन् ।

यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।

नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । नेपाल निकट स्रोतका अनुसार २० जना सांसदको राजीनामा तयार छ ।

अब केपी ओलीलाई सत्ताच्यूत गरेपछि मात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।

माधव पक्षका एक सांसदले भने–हामीले राजीनामा पत्रमा हस्ताक्षर गरेर माधव नेतृत्वलाई बुझाएका छौं । दुःखका साथ भन्नुपर्छ अब एमाले एकता जोगाउन सकिएन ।

यसबीचमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायतले पार्टी एकताका लागि केपी ओली पक्षसँग छलफल गरेका थिए ।

तर कांग्रेस सभापति शेरवहादुर देउवाले माधव पक्षका सांसदको राजीनामा नआई ओली हटाउने प्रक्रिया अघि बढाउन नचाहेपछि नेपाल निकट सांसदको राजीनामा पत्रमा हस्ताक्षर गराइएको हो ।

एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनामा पत्रमा हस्ताक्षर गरिएको ती सांसदले बताए ।

उनका अनुसार माधव नेपालले देउवालाई सो हस्ताक्षर देखाउने र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ ।

 


प्रतिक्रिया

8 thoughts on “एमाले एकता टर्दै, माधव पक्षका सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

  1. “नेका सभापति देउवालाई प्रम बनाउन नेकपा (एमाले) का अभ्यक्ष तथा प्रम ओलीलाई प्रमबाट हटाउन लाग्ने माझहरू आज जितेको महसुस गर्लान तर सधैं हार्नेछन्।” जनमतको अवज्ञा गरेर शत्रु पोस्ने आन्दोलनभित्रको खलनायक बन्न कुन शक्तिले प्रेरणा दिदैछ।
    बेईमान लोग ईमानदारी पर सवाल उठाकर समस्या पैदा करना अपना सौभाग्य समझते हैं। (copied) शुभ बिहानी!

    1. यो माधवकुमार नेपाल नेपालको कम्युनिस्ट आन्दोलन मा जहिले पनि गद्दार को रूपमा चिनिने छन। आफ्नो सरकार गिराएर प्रतिपक्ष को सरकार बनाउने कुरामा लागेर निचताको परिचय दिदै छन।

  2. सौताको रिसले ओच्छ्यानमा पिसाब गर्दा के होला कमरेडहरु
    के अब राजनिति बाट सन्यास हो र ?

  3. दक्षिण एशियाका तारा भन्ने मिथक बन्दै गरेका सिपी मैनालीलाई भारतकै इशारामा पार्टी महासचिव र पोलिटब्यूरो सदस्यबाटै भारतिय इशारामा अपदस्थ गर्न भूमिका खेलेका माधव नेपालहरुले केपी ओलीलाई पार्टीबाट अपदस्थ गर्न नसकेपछि सामुहिक राजिनामाको हाराकिरी आत्महत्यको बाटो रोजेछन् । संविधान घोषणा भएकै दिन बाबुराम भटटराईलाई राजीनामा गर्न लगाएर अन्तत मधेसी दलको शरण पुर्‍याउने शक्तिले नै माधव नेपाललाई टिकाइरहेको थियो । अब माधव नेपाललाई डिस्क्लोज गर्ने बेला आयो । त्यहि गर्दैछ । यो एमाले र क्म्युनिष्ट आन्दोलनको शुद्धिकरणका लागि जरुरी थियो । अण्डर कभरहरु खुलाइदै जानेछन ।

  4. मिसन बोकेरै युद्द मैदानमा आयका हुन।गद्दार हरुको राजनिती अन्तिम कोमामा।सायद कोमा बाय बिउतीन भबिश्यले साथ दिने छैन।नया जोस जागरका साथ धुलो मैलो टकटक्यार उठ्नुको बिकल्प छैन।डिप लभ पर्या रहेछ।अन्धो प्रेम सत्यनास हुनुको बिकल्प छन।डुब्नु इनिहरुको नियती हो।डुबाउने देशी बिदेशी ग्राण्ड डिजाइन हो।राम राम त भनौ।भो काध हाल्न अघि नसरु।

  5. रातो कम्बल ओडेर बिधि-पद्दतिका चर्का कुरा गरेपनि बिरालो म्याऊँ गरी छाडेछ। मुल कुरा बिरालो चिनेपछि दुधको सुरक्षा तर्फ लागौ। चोर बिरालो र बिरालाहरुबाट बच्ने राम्रो उपायको रुपमा यसलाई बुझम्।

  6. ओलि प्रवृद्धिको अन्त्य विना देश ले प्रगती हासिल गर्न सक्दैन ।

  7. इतिहासमा वहाँहरुलाइ सँधै सम्मानपूर्वक मूल्यांकन हुनेछ । सी पी मैनाली मोहन वैद्य लगायतहरुको साथमा वहाँहरुलाइ पनि एउटा इमान्दार नेताहरुको रुपमा लिइनेछ । तपाइहरुको यो त्यागले देशमा केही नयाँ युवाहरुले पनि चान्स पाउँनेछन् । यो योगदानलाइ सुनौला अक्षरले लेखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर