निषेधाज्ञा उल्लघंन गरी बस चलाउने चालक नियन्त्रणमा – Nepal Press

निषेधाज्ञा उल्लघंन गरी बस चलाउने चालक नियन्त्रणमा

रुपन्देही । गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बुटवलबाट ३० जना यात्रुहरू राखेर गइरहेको लु १ ख ७१८९ नम्बरको बसलाई चालकसहित जिल्लाको मुख्य नाका रिडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

त्यो सहित अवज्ञा गर्ने अरु सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका चालकलाई कानुनअनुसार कामकारबाही चलाउने कि पहिलो पटकलाई चेतावनी सहितको कागज गराइ छाड्ने बिषयमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

गुल्मीमा जेठ ४ गतेसम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भएको छ ।


प्रतिक्रिया

One thought on “निषेधाज्ञा उल्लघंन गरी बस चलाउने चालक नियन्त्रणमा

  1. how did the bus reach fron btl to ridi? this is lack of good governance. both are equally culprits n both are penalized.

Leave a Reply to pradeep shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर