रुपन्देही, बाँके र नवलपरासीमा २३ संक्रमितको मृत्यु – Nepal Press
कोरोना कहरमा लुम्बिनी प्रदेशः

रुपन्देही, बाँके र नवलपरासीमा २३ संक्रमितको मृत्यु

रुपन्देही । कोरोनाको हटस्पट बनेका लुम्बिनी प्रदेशका २ जिल्ला रुपन्देही र बाँकेमा २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । जसमा रुपन्देही र बाँकेमा ९/९ जना रहेका छन् ।

योसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २६२ पुगेको छ भने बाँकेमा १७७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा ४१६ जना कोरोनामुक्त भएका छन् भने ६९८ जना नयाँ संक्रमित थपिएका छन् ।

बाँकेमा ४०९ जना कोरोनामुक्त

बाँके जिल्लामा ३२३ जना नयाँ संक्रमित थपिँदा ४०९ जना कोरोना मुक्त भएका छन् ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३०५ नमुना परीक्षण गर्दा २२२ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेज ल्यावमा ७३ नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बागेश्वरी डाइग्नोशिस सेण्टरमा २५१ नमुना परीक्षण गर्दा १६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपरासीमा ४ जनाको मृत्यु

पश्चिम नवलपरासीमा कोरोना संक्रमणको कारण शनिबार एकै दिन ४ जनाको मृत्यु भएको छ । चारै जनाको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय पुरुष, रामग्राम नगरपालिका–१६ का ६२ वर्षीय पुरुष , वडा नम्बर ४ का ४४ वर्षीय एक पुरुष र सुस्ता गाउँपालिका–५ का ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

योसहित दोस्रो लहरको संक्रमणका कारण जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् । यसैगरी पूर्वी नवलपरासीमा कोरना संक्रमणबाट जिल्लाको देवचुली र गैंडाकोट नगरपालिकाका एक÷एक जना पुरुषको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेका उनीहरुलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशवप्रसाद चापागाईंले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर