एमाले माधव समूहका नवलपरासी अध्यक्ष कँडेलको निधन – Nepal Press

एमाले माधव समूहका नवलपरासी अध्यक्ष कँडेलको निधन

रुपन्देही । एमाले माधव समूहका नवलपरासी अध्यक्ष शिवलाल कँडेलको कोरोनाका कारण चितवनको पुरानो मेडिकल कलेजमा निधन भएको छ ।

बर्दघाट वार्ड २ बस्ने ६० बर्षका कँडेल ३ दिन अगाडि अस्पतालमा भर्ना भएका थिए ।

शनिबार बिहान उपचार गर्दागर्दै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पुख्र्यौली घर गुल्मीबाट बसाईसराई गरी नवलपरासी आएका कंडेल दिव्यज्योति क्यापस व्यावस्थापन समिति पूर्वअध्यक्ष, नवलपरासी जिल्ला विकास समितिको पूर्व जिल्ला सदस्यसमेत रहेका थिए ।

उनका २ छोरा र श्रीमति रहेका छन् । यस्तै नवलपरासी जिल्ला विकास समितिको पुर्वउप सभापति चिन्तामणी पोखरेलको पनि काठमाडौमा उपचारको क्रमामा निधन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *